विवेकशील नेपाली दलले शनिबार चावहिलमा नि:शुल्क घुम्ती क्लिनिक आयोजना गरेको छ।  बिहान ११ बजे देखि ३ बजेसम्म चावहिलस्थित अध्यात्मिक परोपकार संस्था, बुलबुले चोकमा ‘नि:शुल्क घुम्ती क्लिनिक’ कार्यक्रमको आयोजना गरेको हो।
विगत एक हप्तादेखि सञ्चालित नि:शुल्क स्वास्थ्य क्लिनिकबाट छ सयभन्दा बढीले सुविधा लिइसकेका छन्। हरेक हप्ताको कुनै दुई दिन काठमाडौं महानगरपालिकाको विभिन्न वडामा क्लिनिक सञ्चालन हुने गरेको कार्यक्रम संयोजक अविरल कार्कीले जनाएका छन्।
हाल हप्तामा दुई वटा यस्ता क्लिनिक सञ्चालन गरिएको र आगामी महिना बाट दैनिक रुपमा काठमाडौंको  विभिन्न स्थानमा घुम्ती क्लिनिक आयोजना गरिने उनले जनाए।
यस घुम्ती क्लिनिकमा चार डाक्टर  ३९ नर्स र १२ जना स्वयंसेवक गरी ४५ जनाको समूहले सुरुको दिनदेखि हालसम्म पूर्णरूपमा सेवा प्रदान गर्दै आइरहेका छन्।
विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाको विभिन्न स्थानमा गत साउन ३ गतेदेखि ‘विवेकशील नि:शुल्क घुम्ती क्लिनिक’ अभियानमा स्वाथ्य परीक्षण गर्दै आइरहेको छ।