भाद्र १७, काठमाडौँ: गत श्रावण महिना देखि विवेकशील नेपाली दलले आयोजना गर्दै आएको ‘विवेकशील नि:शुल्क घुम्ती क्लिनिक’ को आज आठौँ हप्ता स्वोयाम्भुनाथ मन्दिर परिसरमा समापन भएको छ। प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर सञ्चालन हुने नेवार समुदायका बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्वको आज अन्तिम दिनको अवसर पारेर दलले स्वयम्भुनाथ मन्दिरमा धर्मावलम्बीहरुको लागी निशुल्क स्वास्थ्य सिविर संचालन गरेको हो जसमा “स्वयम्भुनाथ व्यवस्थापन तथा संरक्षण महासमिति” ले संयुक्त रुपमा सहयोग गरेका थिए । कार्यक्रम बिहान ७ बजे सुरु भई दिउँसो १२ बजे समापन भएको थियो।
“कतिपयले आफ्नो स्वास्थ्यको जाँच गर्न पनि नभ्याई राख्दा विवेकशील नेपाली दलले आयोजना गरेको यो शिविर एकदम मनपरेको बताउनुहुन्छ स्वयम्भुका रिता सिलवालले।” काठमाडौँको विभिन्न ठाउँमा निरन्तर रुपमा संचालन भईरहेको यस अभियानमा सामान्य जाँच, रक्तचाप, रगत समूह, तौल-उचाई नाप, (BMI) तथा मधुमेहको जाँच गरिन्छ। कार्यक्रममा आज २०० भन्दा बढीले स्वास्थ्य सेवा प्रधान गरेका थिए र राम्रो प्रतिक्रिया पनि दिएका थिए।14141628_1754896378115508_9122119094719211237_n