20160911_114355

भाद्र २६, बुटवल: विवेकशील नेपाली रुपन्देही इकाईद्वारा सूचनाको हकको प्रयोग गर्दै आज बुटवल स्थित तिनाउ पुल को शिघ्र तथा ब्यवस्थित मर्मत को लागी सड़क डिभिजन कार्यालय बुटवलमा पुगी दबाब दिएका छन। दबाब दिनुका साथै तिनाउ खोला माथि रहेको भत्किएको तिनाउ पुलको दुइ चोटी सम्म मर्मत गर्दा पनि पुल अस्तव्यस्त भएपछि युवाहरु सूचनाको हक़को प्रयोग गरी तिनाउ पुल र त्यसको विकल्प सम्बन्धि सुचनाको माग गरी निवेदन दर्ता गराएका छन् ।