गणतन्त्रको उपहार
क्रान्तिमा जन्मिएको,
आशाले लतारिएको,
भ्रष्ट आँखा अगाडी हुर्किएको,
सास्ति, नाकाबन्दी, महँगी,
हो उपहार गणतन्त्रको!

हुनेछ परिवर्तन
हिजो के थियो?
आज के छ? समयकालिन परिवर्तन
हिजोका दिन मिहिनेत थियो तिम्रो,
ती खेत अनि बारी,
पसिनाले सिन्चेको थियो।

आमाले शिशुलाई छातीमा टसाएको,
रुन्चे स्वर थुम्थुम्याउँदै दुध पिलाएको,
आज त्यहि खेत बारी निलाम गर्यौ।
अब कहाँबाट आउनेछ
त्यो आमाको स्नेह?
भोकै मर्नेछ शिशु
मार ति तिम्रा महत्वकांक्षा
फल स्वररुप भोग्दै छन् यी शिशु
न तिमीले अभाव भोग्यौ,
न नाकाबन्दीले छोयो,
अझै पनि ती खेतबारी,
आमालाई विश्व बजारमा पत्र निलामको
मैले पाएको उपहार गणतन्त्रको।।

-सन्दिश रोशन भट्टराई
विवेकशील नेपाली सदस्य, रुपन्देही