अहिले सरकार परिवर्तनको हल्लाले नेपाली राजनीतिक बजार पुन: एकपटक गर्माएको छ l यस परिप्रेक्ष्यमा विवेकशील नेपालीको चासो को मन्त्रि / प्रधानमन्त्री बन्छ र कसले सिंहदरवारमा फोटो झुण्ड्याउंछ भन्ने तर्फ छैन l हाम्रो चासो त नागरिकले दैनन्दिन झेलिरहेका यावत् समस्याहरुमा कसको के धारणा छ र प्रधानमन्त्रीको कुर्सीतर्फको दौडमा आमसरोकारका विषयहरु प्राथमिकतामा परे कि परेनन् भन्नेमा छ l

साँच्चै, नयाँ सरकार बनाउने बहसमा यी जनचासोहरु कसरि सम्बोधित हुँदैछन् ? तपाईहामीले गम्भीरतापुर्वक हेर्नुपर्नेछ l

नयाँ बन्ने सरकारले –

*भूकम्प पिडितहरुकालागि पुनर्निर्माण कार्यलाई तीव्रता दिन हो ? कि अहिले गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आफ्ना आसेपासेलाई भर्ति गर्ने तिर लाग्ने हो?

*एनसेललाई कर तिराउने हो ? कि उन्मुक्ति दिने हो?

*पेट्रोलियम पदार्थमा भैरहेको कालोबजारी अन्त्य गर्ने हो ? कि कालोबजारीयाहरुलाई अहिले झैँ खुलमखुला छोडिदिने हो ?

*स्वास्थ्य क्षेत्रमा भईरहेको बेथिति र अति-व्यापारिकरण रोक्ने कि नरोक्ने ? माथेमा आयोगको प्रतिवेदन पूर्णरूपमा लागु गर्ने कि नगर्ने ?

*छरितो मन्त्रीमंडल बनाउने हो ? कि आफैँले लेखेको संबिधानको प्रावधान कुल्चदैं जम्बो मन्त्रीमंडल गठन गर्ने? उपप्रधानमन्त्रीको भिड बनाउने कि नबनाउने?

धन्यबाद !