हाम्रो अनुसन्धान अनुसार मलेशियाको एक्जियटा ग्रुप बर्हादले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको सम्बन्धमा नेपाल सरकारलाई पुँजीगत लाभकर वापत (रू.१ खर्ब ३६ अर्ब ४० करोड को २५ प्रतिशतले हुन आउने-) रू. ३४ अर्ब १० करोड रकम आयकर ऐनको दफा ३५ र दफा ५७ बमोजिम भुक्तानी गर्नु पर्ने स्पष्ट हुँदाहुँदै अहिले ऐनको ब्यबस्थालाई अपव्याख्या गरि सम्बन्धित पक्षलाई कर तिर्नबाट उन्मुक्ति दिने खेल भैरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
त्यसैगरी, एनसेलको स्थानीय साझेदार निरन्जन गोबिन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत सेयर भावनासिंह श्रेष्ठ आचार्यको नाममा रहेको सिंगापुरको सुनिभेरा क्यापिटल भेन्चरले किन्ने तय भएको सन्दर्भमा पुँजीगत लाभकर छलि गर्ने मनसायले न्यून मुल्यमा सेयर खरिदबिक्रि गर्ने प्रपन्च रच्दै करिब रु. ४ अर्ब ६२ करोड करछली गर्ने मनसाय देखिएकाले यस कारोबारको बिस्तृत अध्ययन गरि उपयुक्त कर निर्धारण र असुली गर्न हामी माग गर्दछौं।
माथिका दुवै खरिदबिक्रीमा प्रचलित कानून अनुसार नेपाल सरकारलाई तिर्नुपर्ने करमा राष्ट्रहीत र मुलुकको प्रचलित कानूनी व्यवस्था अनुरुप आफ्नो जिम्मेवारी निर्वाह गर्न हामी सम्बन्धित अधिकारीहरुलाई आग्रह गर्दछौं। यो प्रकरणमा कुनै आर्थिक चलखेल भई मुलुकलाई नोक्सानी पुर्याउने गतिविधि भएमा विवेकशील नेपालीले त्यसको जोडदार खबरदारी गर्ने व्यहोरासमेत सम्बन्धित सबैका जानकारीका लागि अनुरोध छ।
धन्यवाद,
विवेकशील नेपाली दल
२०७३/१/१६
13087459_577150439109845_2490705472683558108_n