अफगानी गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएअनुसार आज बिहान ५:४० बजे अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम हमलाकारिको निशानामा परि १४ निर्दोष नेपालीहरुको मृत्यु भएको छ र अन्य नौ जना (पाँच नेपाली र चार अफगानी नागरिक) घाईते भएका छन्।
यस दुखद् घटनामा परि जीवन गुमाएकाहरुको परिवारजन प्रति विवेकशील नेपाली गहिरो समवेदना प्रकट गर्दछ। र, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ। साथै यस कष्टपूर्ण घडीमा घटनाबारे सत्यतथ्य जानकारी आफ्नो कुटनीतिक च्यानलमार्फत लिई मृतक र घाईतेका परिवारलाई सहि सूचना एवं आवश्यक सहयोग उपलब्ध गराउन विवेकशील नेपाली नेपाल सरकार समक्ष माग गर्दछ।

धन्यवाद,
विवेकशील नेपाली दल
२०७३/०३/०६